बिहिबार, चैत्र ६, २०८१
  • गृहपृष्‍ठ
  • समाज
  • निर्वाचन क्षेत्र जाँदा म माथि दुर्व्यवहार भयो : सांसद गौतम

निर्वाचन क्षेत्र जाँदा म माथि दुर्व्यवहार भयो : सांसद गौतम


कान्तिपथ


काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले आफूमाथि सार्वजनिक स्थलमा अभद्र व्यवहार भएको बताएकी छिन् ।

आज प्रतिनिधिसभाको बैठकले उनले आफ्नै निर्वाचन क्षेत्रमा अभद्र व्यवहार भएको बताएकी हुन् ।

उनले हिजाे करिब साँझ ५ बजे आफ्नो निर्वाचन क्षेत्रअन्तर्गतको कागेश्वरी मनोहरा नगरपालिका– ६ स्थित मनकामना टोलमा अभद्र व्यवहार भएको जनाइन् ।

उनले भनिन्, ‘म फर्केर आउँदा त्यहाँ १५-२० जना साथीहरू जम्मा भइसक्नुभएको थियो र ती साथीहरू सामान्य अवस्थामा हुनुहुन्थेन । उहाँहरू कोही गाँजाको नसामा लठ्ठ हुनुहुन्थ्यो, कोही रक्सीले मात्तिएको हुनुहुन्थ्यो र कोही सामान्य अवस्थामा पनि हुनुहुन्थ्यो ।’

उनले उनीहरूमाथि तथानाम मुख छाडेको बताएकी छिन् । उनले आफूमाथि अभद्र व्यवहार गर्नेले त्यो भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेको समेत बताइन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत