काठमाडौं । बंगलादेशमा आरक्षण विरोधी आन्दोलन पुन: चर्किएर हिंसात्मक बन्न थालेपछि ढाकास्थित नेपाली राजदूतावासले नेपाली विद्यार्थीलाई सतर्कता अपनाउन सूचना जारी गरेको छ ।
दूतावासले एक सूचना जारी गरेर नेपाली विद्यार्थीलाई आफू बसेको ठाउँमा सुरक्षित रहन अनुरोध गरेको हो ।
आरक्षण विरोधी आन्दोलन हिंसात्मक बन्न थालेपछि अहिले बंगलादेश सरकारले कर्फ्यू आदेश जारी गरेको छ ।
दूतावासले त्यहाँ अध्ययनरत अधिकांश विद्यार्थी नेपाल फर्किइसकेको र बाँकी रहेका करिब ४ सय विद्यार्थी निरन्तर आफ्नो सम्पर्कमै रहेको जनाएको छ ।
साथै नेपाल फर्किन चाहने विद्यार्थीसहित अन्य नेपालीहरुले राजदूतावाससँग समन्वय गरेर सुरक्षा प्रबन्ध सुनिश्चित भइसकेपछिमात्रै यात्रा गर्नसमेत दूतावासले आग्रह गरेको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ