आइतवार, भदौ २३, २०८१
  • गृहपृष्‍ठ
  • सुरक्षा
  • खुकुरी हान्ने ३ जना बानेश्वर प्रहरीको नियन्त्रणमा : डिएसपीको टोलि समयमै पुग्दा ज्यान जोगियो

खुकुरी हान्ने ३ जना बानेश्वर प्रहरीको नियन्त्रणमा : डिएसपीको टोलि समयमै पुग्दा ज्यान जोगियो


कान्तिपथ


काठमाडौँ महानगरपालिका–३१ आलोकनगरस्थित सौराहा होटल नजिक सडकमा खुकुरी प्रहार गरेर एकजनालाई घाइते बनाएको आरोपमा तीनजना पक्राउ परेका छन्।

कैलालीको धनगढी उपमहानगरपालिका–२ घर भई हाल काठमाडौँ आलोकनगर बस्ने २२ वर्षीय मनत केसीलाई खुकुरी प्रहर गरेको अभियोगमा डिएसपी शिवराज बुढाथोकी नेतृत्वको प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुली फिकल गाउँपालिका–३ घर भई हाल काठमाडौँ महानगरपालिका–३१ आलोकनगर बस्ने १८ वर्षीय अनिष मगर, दैलेख महावु गाउँपालिका–४ घर भई हाल आलोकनगर बस्ने २६ वर्षी कुमार पण्डित तथा दार्चुला बाँज घर भई हाल काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटार हात्ती डाँडा बस्ने १९ वर्षीय प्रेमसिंह महरा रहेका प्रहरी वृत्त बानेश्वर प्रमुख तथा डिएसपी शिवराज बुढाथोकीले जानकारी जानकारी दिए। उनीहरुमाथि प्रहरी वृत्त बानेश्वरबाट थप अनुसन्धान कार्य भइरहेको बुढाथोकीले बताए।

खुकुरी प्रहारबाट घाइते भएका केसीको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुबाट प्रहरीले एक थान खुकुरी र फोन बरामद गरेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत