शुक्रबार, भदौ २८, २०८१

पाए विश्वासको मत कर्णाली प्रदेशका मुख्यमन्त्रीले


कान्तिपथ


काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले विश्वासको मत पाएका छन् ।

आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेलले विश्वासको मत पाएका हुन् ।

मुख्यमन्त्री कँडेलले पेश गरेको विश्वासको मतको पक्षमा २३ मत परेको थियो भने विपक्षमा १४ मत परेको थियो । मतदान प्रक्रियामा ३७ सांसदले भाग लिएका थिए । केन्द्रमा कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनेपछि कर्णालीमा पनि माओवादी केन्द्र सरकारबाट बाहिरिएर कांग्रेस सरकारमा गएको छ ।

४० सदस्यीय कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका १४, नेकपा एमालेका १० र नेकपा माओवादी केन्द्रका १३ जना सांसद छन् ।

कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही भ्रष्टाचार मुद्दाका कारण निलम्बनमा छन् । यसैगरी राप्रपा, एकीकृत समाजवादीका एकरएक र स्वतन्त्र एक सांसद छन् । सोमबारको बैठकमा राप्रपा सांसद सन्तोषी शाही मतदानमा सहभागी भइनन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत