काठमाडाैं । बंगलादेशमा विद्यार्थी आन्दोलनका कारण प्रधानमन्त्री शेख हसिना वाजेदले राजीनामा दिएर देश छोडेपछि भारतमा मंगलबार सर्वदलीय बैठक बसेको छ ।
बैठकमा भारतका गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह, विदेशमन्त्री एस जयशंकर, संसदीय मामिलामन्त्री किरण रिजिजुलगायत नेता सहभागी थिए ।
बैठकमा विपक्षी नेता राहुल गान्धी पनि सहभागी थिए ।
बैठकमा विदेशमन्त्री जयशंकरले ‘ब्रिफिङ’ गरेका र सबैले ऐक्यबद्धता जनाएको बताइएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ