बिहिबार, माघ २४, २०८१

ओलीको दवावमा वडाध्यक्ष छानिएन


कान्तिपथ


काठमाडाैं । नेकपा (एमाले) को लम्कीचुहा नगरपालिका वडा नम्बर १ को दोस्रो अधिवेशन केन्द्रीय सदस्य कमला ओलीका कारण लम्विएको छ ।

२० गते उनै ओलीले वडा अधिवेशन उद्घाटन गरेकी थिइन तर तीन दिन पुग्दासम्म पनि नयाँ कमिटी बन्न सकेको छैन ।

कैलाली क्षेत्र नम्बर २ को इन्चार्ज समेत रहेकी ओलीले आफ्ना ज्वाई बलबहादुर भण्डारीलाई वडा कमिटीको अध्यक्ष बनाउन खोजेपछि अधिवेशन लम्बिएको हो ।

ओलीले जस्तै पूर्व मेयर महादेव बजगाईले पनि आफ्ना ज्वाई भरत खनाललाई बनाउन खोजेका छन् ।

व्यवसायी सूर्यबहादुर थापाले पनि आफ्ना निकटका डिल्ली गडतोलालाई वडा कमिटीको अध्यक्ष बनाउन खोजेका छन् ।

ओली, बजगाई र थापा एमाले भित्र एउटै समूहका हुन ।

उनीहरु तीनै जनाको पटकपटक बैठक बस्दा पनि वडाअध्यक्षका विषयमा एकमत हुन सकेको छैन ।

स्थानीय तहको चुनावमा सो वडा एमालेले लगातार जित्दै आएको छ ।

अहिले वडालाई विवादित बनाउन खोजिएपछि भविष्यमा चुनाव जितिन्छ त भन्ने तनाव एमाले कार्यकर्ताहरुले गर्न थालेका छन् ।

२१० पार्टी सदस्यका वीचमा भने विरेन्द्र विष्ट बलिया छन् ।

उनले सहमतिमा नभए चुनावी प्रक्रियाबाट अध्यक्षको टुंगो लगाउनु पर्ने बताइरहेका छन् ।

केन्द्रीय सदस्य ओली भने आफ्ना ज्वाईलाई अध्यक्ष घोषणा गर्ने पर्ने अडानमा छिन् ।

केन्द्रीय सदस्यले वडामा हात हाल्ने त्यो पनि मिलाउन नसक्ने अवस्था भएपछि एमाले कार्यकर्ता निराश भएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत