काठमाडाैं । बेलायतमा हिंस्रक प्रदर्शनमा करिब ४ सय जना पक्राउमा परेका छन् ।
नेशनल पुलिस चिफ काउन्सिलले आगामी दिनमा पनि गिरफ्तारी बढ्न सक्ने जनाएको छ ।
यसअघि प्रधानमन्त्री किएर स्टार्मरले हिंसालाई नियन्त्रण गर्न विशेषज्ञ प्रहरी अधिकारी तैनाथ गरिएको जनाएका थिए । कतिपय स्थानमा प्रहरी अधिकारी पनि घाइते भएका छन् ।
बेलायतको साउथपोर्टमा एक डान्स पार्टीमा चक्कु प्रहारबाट तीन बालिकाको मृत्युपछि हिंस्रक घटना फैलिएको हो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ