काठमाडाैं । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले पुनः मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।
उनको सिफारिशमा ५ राज्यमन्त्री भएका हुन् । मुख्यमन्त्री सिंहले नेपाली कांग्रेसबाट २ र नेकपा एमाले, जनमत पार्टी र लोसपाका एक-एक राज्यमन्त्री थपेका छन् ।
एमालेका मोहम्मद जैद आलमलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री, लोसपाका रामबाबु यादवलाई शिक्षा तथा संस्कृति राज्यमन्त्री र जनमतका शम्भु कुमार साहलाई उद्योग, वाणिज्य तथा पर्यटन राज्यमन्त्री नियुक्त गरिएको छ ।
कांग्रेसको तर्फबाट रेखा ठाकुर भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री र निलम कुमारी रजकलाई उर्जा, सिंचाई तथा खानेपानी राज्यमन्त्रीको जिम्मेवारी पाएकी छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ