काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षामा उत्तीर्ण हुन नसकेकालाई राष्ट्रिय परीक्षा बोर्डले आजदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्दै छ ।
बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलका अनुसार परीक्षामा २ लाख १० हजार सहभागी हुँदै छन् ।
परीक्षा सञ्चालनका लागि देशभर ५५० केन्द्र निर्धारण गरिएको छ ।
सबै विषयका गरी करिब छ लाख थान प्रश्नपत्र छापिएको छ । परीक्षा सञ्चालनका लागि सात करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । File Photo
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ