शुक्रबार, अशोज ४, २०८१

पासाङ ल्हामुको नामबाट चन्द्रमाको एक भाग नामकरण


कान्तिपथ


काठमाडौं । चन्द्रमाको एक भागको नाम नेपाली प्रथम महिला पर्वतारोही पासाङ ल्हामु शेर्पाको नामबाट नामकरण भएको छ ।

अन्तर्राष्ट्रिय खगोलीय संघ (आईएयू) को ग्रह प्रणाली नामकरण कार्य समूहले चन्द्रमाको एक क्रेटरलाई ‘ल्हामू’ नाम स्वीकृत गरेको अमेरिकी भूगर्भ सर्वेक्षणले घोषणा गरेको छ ।

सगरमाथा आरोहण गर्ने सफल प्रथम नेपाली महिला पासाङ ल्हामू शेर्पालाई सम्मानित गर्न र उनको अतुलनीय उपलब्धिलाई मनाउन चन्द्रमाको दक्षिण ध्रुवको एक महत्त्वपूर्ण पर्वतको शिखरमा रहेको क्रेटरलाई ‘यूएस जिओलोजिकल सर्भे (यूएसजीएस) ले ‘ल्हामू क्रेटर’ नामकरण गरेको नेपालस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ ।

सामाजिक सञ्जाल एक्समार्फत दूतावासले भनेको छ, ‘पासाङ ल्हामू शेर्पाको उपलब्धिले युवा नेपाली महिलाहरूका लागि सफलताको बाटो खोलिदिएको छ र विश्वभरिका अनगिन्ती महिलाहरूलाई अझ उच्च लक्ष्यमा पुग्न प्रेरित गरेको छ ।’

दूतावासले ‘अमेरिकाले पासाङ ल्हामू शेर्पाको बिरासतलाई मान्यता दिँदै र यो ऐतिहासिक सम्मानलाई नेपालसँग मिलेर मनाउन गर्व गर्दछ’ भनेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत