काठमाडौं । बैंकिङ कसुर मुद्दाको फरार प्रतिवादी दोलखा भिमेश्वर नगरपालिका-२ घर भई काठमडौं महानगरपालिका-२ लाजिम्पाट बस्ने ५२ वर्षीय निरज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटन ललितपुरको २०७८ कात्तिक १५ गतेको फैसलाले उक्त मुद्दामा ८ दिन कैद, २४ लाख रूपैयाँ जरिवाना र क्षतिपूर्ति बापत पीडित राहत कोषमा ९६ हजार रूपैयाँ जम्मा गराउने सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं न्यूरोडबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ