काठमाडाैं । कामका सिलसिलामा भारत गएका एक नेपालीको मृत्यु भइसकेको परिवारले ठानेकामा ६४ वर्षपछि जीवितै फेला परेका छन् ।
बैतडीको पुर्चुनीहाटका नरसिंह राउटाके १७ वर्षको उमेरमा कामका निम्ति उत्तराखण्डको पिथौरागढ गएका थिए । लामो समय उनीसँग परिवारको कुनै सम्पर्क नभएकाले मृत्यु भइसकेको ठानिएको थियो ।
झुलाघाटका सुरेन्द्र कुमारका अनुसार, थुप्रै कामदार नेपालको पुर्चुनीहाट क्षेत्रबाट पिथौरागढमा कामको खोजीमा जाने गरेका छन् ।
उनीहरूबीच नरसिंहलगायत हराएका मानिसका बारेमा कुराकानी हुने गरेको थियो । पुर्चुनीहाट नेपाल र भारतको सीमाक्षेत्रको ठाउँ हो ।
उनका बारेमा यसअघि पिथौरागढ र उत्तराखण्डका विभिन्न स्थानमा खोजी गरिएको थियो । तर, फेला नपरेपछि परिवारले उनको अन्तिम काजक्रिया समेत गरेको थियो ।
उनले त्यो मान्छेलाई भेट्ने निर्णय गरे र केही आफन्तसहित त्यहाँ गए । परिवारका सदस्यले भेटेपछि ती व्यक्ति उनीहरूका हराएका आफन्त हुन् भन्ने पुष्टि भएको थियो । त्यसपछि उनलाई घरमा लगियो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ