आइतवार, फाल्गुन ४, २०८१

आज तीन संसदीय समितिको बैठक बस्दै


कान्तिपथ


काठमाडौँ । तीन वटा संसदीय समितिको बैठक बस्दै छ ।

जसअनुसार अहिले बिहान ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै छ ।

बैठकमा नेपालका बाल सुधार गृहमा रहेका बालबालिका र नेपालका कारागारहरूमा रहेका कैदी तथा थुनुवाहरूको मानव अधिकारको अवस्थाका सम्बन्धमा स्थलगत अनुगमन गर्न गठित उपसमितिहरूको प्रतिवेदनमाथि छलफल हुनेछ ।

त्यस्तै दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० माथि संशोधनकर्तासँग छलफल हुनेछ । बिहान साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा समितिको वार्षिक प्रतिवेदनको मस्यौदामा छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा जलश्रोत विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग दफावार छलफल हुने कार्यसूची रहेको छ । File photo



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत