काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्ने भएको छ ।
आज बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्नेछ ।
बैठकले स्थायी समिति बैठकको एजेन्डा तय गर्ने तथा सदनलाई प्रभावकारी बनाउने, विधान अनुसार पार्टी निर्माण, नेताहरूको जिम्मेवारी तोक्नेलगायतका विषयमा पनि बैठकमा छलफल हुनेछ ।