शनिबार, साउन ३, २०८२

अजिंगर फेला


कान्तिपथ


शुक्लाफाँटा नगरपालिका २ लक्ष्मीपुरमा दुर्लभ प्रजातिको अजिंगर फेला परेको छ। स्थानीय सुनील डगौराको बाख्राको खोरभित्र अजिंगर फेला परेको हो।

आठ किलो तौल भएको अजिङ्गरको लम्बाइ तीन मिटर बढी रहेको वडा सदस्य डबलबहादुर ऐरले बताए। ‘अजिंगर बाख्राको खोरभित्र रहेको जानकारी प्राप्त हुनासाथ सुरक्षित साथ समातेर बोरामा राख्यौँ,’ उनले भने, ‘शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा अजिंगर फेला परेको जानकारी दियौँ, त्यसपछि आइपुगेको निकुञ्जको टोलीलाई समातेको अजिंगर सहितको बोरा दियौँ।’ निकुञ्जका कर्मचारीले उद्धार गरिएको अजिंगरलाई निकुञ्जको सुरक्षित क्षेत्रमा लगेर छाडेका छन्।

अजिंगर सनवोरा नदी हुँदै चितौरा नाला भएर डगौराको बाख्राको खोरमा आहाराको खोजीमा आइपुगेको हुनसक्ने स्थानीय बासिन्दा हरिदत्त भट्टले बताए। उनका अनुसार गत वर्ष पनि सोही क्षेत्र नजिकबाट अजिंगरको उद्धार गरी निकुञ्जका कर्मचारीलाई बुझाइएको थियो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत