काठमाडाैं । आफ्नो सेनाले रुसको कर्स्क क्षेत्रमा आक्रमण गरेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले स्वीकार गरेका छन् ।
जेलेन्स्कीले पहिलो पटक आक्रमण गरेको कुरा स्वीकारेका हुन् ।
शनिबार राति एक टेलिभिजन सम्बोधनमा जालेस्कीले युक्रेनको सेनाले युद्धलाई आक्रामक क्षेत्रतर्फ धकेलिरहेको पनि बताएका थिए ।
आइतबार बिहान युक्रेनको किभ र सुमी क्षेत्रमा विस्फोटको खबर आएको थियो ।
शनिबार आफ्नो सम्बोधनमा जेलेन्स्कीले आफ्ना लडाकुहरूलाई धन्यवाद दिँदै रुसी भूभागमा भइरहेको कारबाहीबारे वरिष्ठ सेना कमान्डर ओलेस्कांद्र सिस्र्कीसँग छलफल गरेको बताएका थिए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ