शुक्रबार, साउन २, २०८२
  • गृहपृष्‍ठ
  • समाज
  • सहकारीबाट ठगिएका स्थापितको मृत्यु भएपछि शवसहित प्रदर्शन

सहकारीबाट ठगिएका स्थापितको मृत्यु भएपछि शवसहित प्रदर्शन


कान्तिपथ


काठमाडौँ । सहकारी ठगीमा परेका एक पीडितको उपचार नपाएर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

वीर अस्पतालमा शनिबार ६६ वर्षीय राजेन्द्र स्थापितको मृत्यु भएको हाे ।

स्थापितको न्यूरोडस्थित युवा विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट ठगिएका उनका आफन्त र साथीहरूले बताएका छन् ।

निःसन्तान स्थापित दम्पतीलाई बैंकले भन्दा बढी ब्याज दिने र बुढेसकालमा सुविधाका लागि आवश्यक व्यवस्था गरिदिने प्रलोभन दिँदै बैंकको रकम सहकारीमा सार्न लगाएर ठगी गरेको आफन्तले बताए ।

स्थापितको एक करोड बढी सहकारीमा भएपनि उपचार गर्न पाँच लाख रुपैयाँ नभएकै कारणले मृत्यु भएको भन्दै सहकारी पीडित र आफन्तहरूले सडकमा शव राखेर विरोध प्रदर्शन गरेका हुन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत