आइतवार, भदौ २३, २०८१

९ दिनपछि चल्न थाल्यो इन्ष्टाग्राम


कान्तिपथ


काठमाडाैं । टर्कीमा इन्ष्टाग्राम चल्न थालेको छ ।

सरकारले देखाएका चासो र चिन्ताहरूलाई कम्पनीले सम्बोधन गर्छु भनेपछि टर्की सरकारले ९ दिनपछि उक्त सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध हटाएको हो ।

आफ्नो कानुन र नियम अनि सार्वजनिक संवेदनशीलताको अनुपालना गर्न नसकेको भन्दै अगस्ट २ मा सरकारले इन्ष्टाग्राममाथि प्रतिबन्ध लगाएको थियो ।

प्यालेष्टिनी सशस्त्र समूह हमासका नेता इस्लामी हानियाको हत्यासम्बन्धी एउटा पोस्टमा आफ्नो समवेदना राख्न नदिएको आरोप शीर्ष टर्किस अधिकारीले इन्ष्टाग्राममाथि लगाएका थिए ।

९ दिनसम्म इन्ष्टाग्राम नचलेपछि टर्कीस प्रयोगकर्ता र साना व्यवसायीले विरोध गरेका थिए ।

इन्ष्टग्राम प्रयोगमा टर्की विश्वको पाँचौँ स्थानमा छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत