आइतवार, भदौ २३, २०८१

बाबा सिद्धेश्वर नाथ मन्दिरमा भागदौड मच्चिँदा ७ जनाको मृत्यु


कान्तिपथ


काठमाडौँ । भारतको विहारमा रहेको बाबा सिद्धेश्वर नाथको मन्दिरमा भागदौड मच्चिँदा ७ जनाको मृत्यु भएको छ । अरु ३५ जनाभन्दा धेरै घाइते भएका छन् ।

साउन महिनामा बाबा सिद्धेश्वरनाथको मन्दिरमा जलाभिषेक गर्न भक्तजनको भिड लाग्ने गर्दछ ।

श्रद्धालुको घुइँचोकोबीच गएराति भागदौड हुँदा घटना भएको भारतीय सञ्चार माध्यमले जनाएको छ ।

घाइतेहरुको स्थानीय दुई वटा अस्पतालमा उपचार भइरहेको छ । मृतकको सङ्ख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीहरुले भने प्रशासनको लापरबाहीका कारण घटना भएको जनाएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत