बुधबार, असार २५, २०८२
  • गृहपृष्‍ठ
  • बिश्व
  • बलीवुडका चर्चित अभिनेता शाहरुख खानले वृद्धलाई धकेलेको भिडियो भाइरल

बलीवुडका चर्चित अभिनेता शाहरुख खानले वृद्धलाई धकेलेको भिडियो भाइरल


कान्तिपथ


काठमाडौँ । बलीवुडका चर्चित अभिनेता शाहरुख खान हालै स्विट्जरल्यान्डमा आयोजना भइरहेको ७७औँ लोकार्नो फिल्म महोत्सवमा सहभागी भएका थिए।

उनलाई करियर अचिभमेन्ट अवार्डले सम्मानित गरिएको थियो । उक्त अवार्डबाट सम्मानित हुने शाहरुख पहिलो भारतीय सेलिब्रेटी बनेका छन् ।

अवार्ड पाएपछि शाहरुखले दिएको भाषणले पनि फिल्म फेस्टिभलमा धेरैको मन जितेको थियो । तर त्यहाँबाट भाइरल भएको अर्को भिडियो हेरेर निटिजनहरूले शाहरुखको व्यापक आलोचना गरिरहेका छन् । भिडियोमा शाहरुख खानले एक वृद्धलाई धकेलेको देख्न सकिन्छ ।

भिडियो ७७ औँ लोकार्नो फिल्म फेस्टिभलको रेड कार्पेटमा सोलो पोज दिनु अघिको हो । फोटो खिचाउने क्रममा अभिनेताले एक वृद्धलाई आफ्ना दुवै हातले पछाडि धकेलेको भिडियोमा देख्न सकिन्छ । यति बेला उनको अनुहारमा हल्का मुस्कान पनि देख्न सकिन्छ । भिडियो हेर्दा शाहरुख खानले ठट्टा गरेको हो कि जस्तो लाग्छ । तर नेटिजनहरूले शाहरुखको त्यो व्यवहार मन पराएका छैनन् ।

‘शाहरुख खानले एक वृद्धलाई धक्का दिए । तिमीलाई त लाज लाग्नुपर्ने हो शाहरुख ।’ माइक्रो ब्लगिङ वेबसाइट एक्समा एक प्रयोगकर्ताले शाहरुखको यो भिडियो शेयर गर्दै लेखेका छन् ।एक्स युजरहरूले यो भिडियोमा व्यापक टिप्पणी र गाली बर्साइरहेका छन् । एजेन्सी



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत