सोमवार, मंसिर २२, २०८२

माओबादी द्वन्द्व कथाकाे टिजर सार्वजनिक


कान्तिपथ


काठमाडौं । अशोक थापा मगरले यसपटक आफ्नो निर्देशनमा नयाँ चलचित्र ‘खुस्मा’ तयार गरिरहेका छन् ।

आगामी ३ असोजमा रिलिज गरिने यो चलचित्रको टिजर सार्वजनिक गरिएको छ ।

२ मिनेट २४ सेकेण्ड लामो टिजरले मुख्य पात्र धिरज मगर र उपासन सिंह ठकुरीको प्रेम सम्बन्ध प्रस्तुत छ ।

उनीहरु मगर समुदायका युवा युवतीको रुपमा प्रस्तुत छन् । माओवादी द्धन्द्वले गाउँमा पारेको प्रभावबीच उनीरुको प्रेम सँघर्षलाई टिजरमा देखाईएको छ ।

यो चलचित्रमा धिरज र उपासनासँगै माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रका लेखक पनि निर्देशन अशोक नै हुन् । डकुमेन्ट्री सिनेमाबाट निर्देशक थापाले नौ वटा बिभिन्न अन्र्तराष्ट्रिय सिनेमा महोत्सवबाट आवार्ड प्राप्त गरिसकेका छन् । यो चलचित्रमा पनि उनले महोत्सबलाई लक्षित गरेर तयार गरेका छन् । चलचित्रमा दिपक बज्राचार्यको छायांकन रहेको छ ।

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको यो चलचित्रको मुख्य निर्माता चन्द्रबहादुर भट्टचन हुन् । अन्य निर्मातामा विर बहादुर लामा, बेतान मगर र सह–निर्मातामा मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत