अछाम । तुर्माखाँद सुदूरपश्चिम प्रदेश अन्तरगत पर्ने अछाम जिल्लामा अवस्थित पहाडी भौगोलिकता रहेकोे गाउँपालिका हो । साविक रहप, भैरवस्थान, तुर्माखाँद, नाडा, रानिवन, तोसी र धमाली गाविस मिलेर बनेको बनेको यो गाउँपालिका २३२.०७ वर्ग कि. मी. क्षेत्रफलमा फैलिएको छ ।
यहीँ गाउपालिका अध्यक्ष डम्बर बिसी गाउँ सभालाई अलपत्र पारेर भारतको हरिद्वार लागेका छन् ।
गाउँसभामा बजेट पारित नगरेर जिल्ला छोडेका बिसी हरिद्वारमा आयोजित एक कार्यक्रममा डुल्ल गएका छन् । पालिकामा बजेट शुन्यतामा राखेर उनी बाबा रामदेवको कार्यक्रममा सहभागी हुन गएका छन् । पालिकामा बजेट पास नहुँदा कुनै पनि कामहरू गर्न सक्ने अवस्था छैन ।
यता बजेट अलपत्र पर्दा पालिकाका अत्यावश्यक कामहरू अलपत्र परेका छन् ।आपातकालीन औषधीसमेत खरिद गर्न अप्ठ्यारो भएको पालिकाका एक जना कर्मचारीले कान्तिपथलाई बताए ।
बर्षायाममा वडाबाट पालिका जोड्ने सडकहरू अबरुद्ध छन भने, अध्यक्षको कुनै ध्यान छैन । पहिरोबाट क्षति भएकाहरूले राहत पाउन सकेका छैन । पालिकाको खाता बन्द भएको छ । सुत्केरीलाई सहजरुपमा अस्पताल पुर्याउन सकिएको छैन । उनी आफ्नै मोज मस्तिमा लागेकाे एक जना वडाध्यक्षले कान्तिपथ संग भने ।
उनले एकल राज चलाउनु भएको छ । उहाँ महाराजा हामी रैती जस्तै भएको छौ । ती वडाध्यक्षले भने उहाँ बिवादित निर्णय गर्नु हुन्छ । लगत्तै पालिका छोड्नु हुन्छ ।
पालिकाको स्रोत दोहन गरेर २/३ महिनापछि गाउँ आउनु हुन्छ । यो विषय उहाँका लागि सामान्य भएपनि तुर्माखाँद गाउँपालिकाका जनताका लागि दुर्भाग्य हो ।
असार पहिलो साता गाउँ सभामा नीति तथा कार्यक्रम पेश गरेर जिल्ला बाहिर गएका बिसीले असार ३० गते भित्र बजेट पास गरिसक्नु पर्ने कानुनी ब्यबस्था छ ।
तर अहिलेसम्म उनले बजेट पास गर्न कुनै चासो राखेका छैनन् । पालिकाको आन्तरिक आम्दानी राजस्व समेत उठाउन नमिलेको कर्मचारीहरू बताउन्छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ