काठमाडाैं । मधेश प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले राज्यमन्त्रीहरूलाई बर्खास्त गरेका छन्।
उनले सरकारमा रहेका ८ राज्यमन्त्रीलाई बर्खास्त गरेको जानकारी दिए।
जम्बो मन्त्रिपरिषद् विस्तार गरेको भन्दै चारैतिर आलोचना हुन थालेपछि सबैको सहमति अनुसार राज्यमन्त्रीहरूलाई हटाउने निर्णय गरिएको मुख्यमन्त्री सिंहले जानकारी दिए।
बर्खास्त हुनेमा एमालेका ३, कांग्रेसका २, जनमतका २ र लोसपाका १ जना छन् ।
सिंहले रेखा ठाकुर, निलम कुमारी रजक, रामबाबु यादव, शम्भु साह र मोहम्मद जैद आलम, केशव राय, शारदा देवी थापा र रञ्जुकुमारी मण्डल खंग राज्यमन्त्रीमा नियुक्त गरेका थिए।
कांग्रेस-एमालेसहितको समर्थनमा मुख्यमन्त्री बनेका सिंहले २० सदस्यीय मन्त्रिपरिषद् बनाएका थिए। जम्बो मन्त्रिपरिषद् गठन गरेको भन्दै मुख्यमन्त्री सिंहलाई जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले स्पष्टीकरण सोधेका थिए।
कांग्रेस र एमालेलाई पनि समेटेर राज्यमन्त्री थपेपनि सत्ता साझेदार दलहरु असन्तुष्ट थिए।
कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवले त सार्वजनिक रुपमा नै सिंहको आलोचन गर्दै आएका थिए। राज्यमन्त्रीहरुलाई बर्खास्त गर्न प्रदेश प्रमुखसमक्ष पत्र पनि पठाइसकिएको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ