महानगरीय प्रहरी प्रभाग कोटेश्वरले लागुऔषध ब्राउन सुगर सहित ८ जनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका वडा नं ३२ का विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको प्रभाग प्रमुख इन्स्पेक्टर दलकुमार राईले बताए । प्रभाग प्रमुख राईका अनुसार प्रहरीको नियमित गस्तीको क्रममा लागुऔषध ब्राउन सुगर ३३.०१० ग्राम सहित पक्राउ गरिएका ८ जनालाई तालुक प्रहरी वृत्त नयाँबानेश्वरमा पठाईएको छ ।
बानेश्वर वृत प्रमुख डिएसपी शिवराज बुढाथोकीका अनुसार उनीहरुको सन्दर्भमा थप अनुसन्धान भैरहेको छ । पक्राउ पर्नेमा
ललितपुरका रफिस अवाले, काभ्रेपलाञ्चोकका रिसव श्रेष्ठ, मोरङका रेमन राई, अमित कुमार चौधरी र प्रमोद राई, पाँचथरका मेहरमान भुजेल, टिम्पल तामाङ र भिम कुमार चेम्जोङ रहेका छन् ।
उनीहरुको साथबाट लागुऔषध ब्राउन सुगर ३३.०१० ग्राम, ट्रामाडोल ८ ट्यावलेट, नेपाली नगद चौसट्ठी हजार छ सय रुपैयाँ, तौल गर्ने डिजिटल मेशिन २ थान, मोटरसाईकल २ थान, मोबाईलहरु १४ थान, एप्पलको आईप्याड १ थान साथै पर्स र झोला बरामद भएको छ । उनीहरुमाथि लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान प्रकृया शुरु गरिएको प्रहरीले जनाएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ