मङ्लबार, असार २४, २०८२

अवैध लागूऔषधसहित दुई जना पक्राउ


कान्तिपथ


काठमाडाैं । धनगढी उपमाहानगरपालिका-४ बस्ने २८ वर्षीय रवि चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ १ ग्राम ७ सय ९० मिलिग्राम सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी मोरङकाे पथरीशनिश्चरे नगरपालिका-६ भातेगैडाबाट नियन्त्रित लागूऔषध ट्रमाडोल १ हजार १ सय चक्की र डिकोलिक ६ हजार ६ सय चक्की सहित पथरीशनिश्चरे नगरपालिका-४ खुशी चोक बस्ने ३२ वर्षीय सिमन परियारलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले अमरदहबाट पथरीतर्फ आउँदै गरेको को.२ ह १६१५ नम्वरको अटोलाई जाँच गर्न खोज्दा उक्त परिमाणको लागूऔषध सडकमा फाली अटो फरार भएको थियो ।

तत्काल खोजी गर्ने क्रममा इलाका प्रहरी कार्यालय पथरी र अस्थाई प्रहरी पोष्ट कीर्तिपुरबाट खटिएको प्रहरीले परियारको घरमा उक्त अटो फेला पारी परियारलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत