आइतवार, भदौ २३, २०८१

चलचित्र विकास बोर्डमा कसले मार्ला बाजी ?


कान्तिपथ


काठमाडौ । चलचित्र विकास बोर्डको अध्यक्ष पद खाली भएपछि यसको अध्यक्ष हुनका लागि सिने कलाकारहरु ज्यानै छोडेर लागिरहेका छन् । यसका लागि ६ जना कलाकर्मीले चासो देखाएका छन् ।

रिक्त रहेको बोर्डको अध्यक्षमा दावी गर्ने र रहर गर्नेमा चर्चित कलाकारदेखि भर्खर चलचित्रमा काम गरेकाहरु समेत रहेका छन् । अध्यक्षका लागि ६जनाको आवेदन परेको छ । त्यसमा अहिलेसम्म दिनेश डिसी, करिश्मा मानन्धर र राजेश थापामध्ये एकजना अध्यक्ष हुने संभावना रहेको छ ।

डिसी टेलिभिजनकर्मीको रुपमा चर्चित रहेका छन् । उनी अध्यक्षका लागि दावी गरिरहेका छन् । हुनलाई डिसी प्रधानमन्त्री केपी ओली र एमालेनिकट भएपनि पार्टी सदस्य नै भएर काम भने कम गरेका मान्छे रहेको बताइन्छ । डिसीले व्यवसायिक रुपमा टेलिभिजन र रेडियोकर्मीको रुपमा काम गर्दै आफ्नो छवि पनि सोही अनुसारको बनाएका छन् ।

नायिका मानन्धर भने चर्चित कलाकार हुन् । करिश्मा चाहिं नेपाली चलचित्रको सुरुवाती चरणलाई महत्वपूर्ण योगदान गर्ने कलाकार हुन् । उनी एमालेका सक्रिय कार्यकर्ता समेत हुन् । उनी यसअघि चुनावमा टिकटको आश पनि गरेकी थिइन् । तर, त्यतिबेला टिकट नपाएपछि निराश नायिका मानन्धरलाई अहिले बोर्डका अध्यक्ष बनाएर प्रधानमन्त्री ओलीले पुरस्कृत गर्ने चर्चा पनि भइरहेको छ ।

नायिका मानन्धरलाई पार्टीको सांस्कृतिक विभागले बोर्डको अध्यक्षका लागि सिफारिश गरेको थियो । त्यसैगरी राजेश थापा पनि पार्टीको खास कार्यकर्ता हुन् । उनी विभागको सचिवसमेत रहेका छन् । थापा र मानन्धरलाई पार्टीको विभागले अध्यक्षका लागि सिफारिश गरेको छ ।

त्यसैगरी अध्यक्षमा दावी गर्नेमा दीपा पाण्डे बस्नेत, पूर्वबोर्ड सदस्य प्रकाश भट्टराई र फिल्म निर्माता एवं पूर्वबोर्ड सदस्य अर्जुनकुमार समेत रहेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत