शुक्रबार, भदौ २८, २०८१

काटियो कान्ताको नाम


कान्तिपथ


काठमाडौं । अस्ट्रेलियाका लागि नेपाली राजदूतमा सिफारिस कान्ता रिजालको नाम फिर्ता भएको छ ।

रिजालले इजरायलको राजदूत रहेका बेला नेपालबाट लगेका एक जना सहयोगीलाई उतै छाडेर आएको गम्भीर सिकायतपछि नाम फिर्ता भएको जानकारी प्राप्त भएकाे हाे ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले ११ जना राजदूत फिर्ता गर्ने क्रममा उनी पनि परेकी थिइन् । प्रचण्ड सरकारलाई हटाएर बनेको केपी शर्मा ओली सरकारले गत असार ३० गते १८ देशमा राजदूत सिफासिस गर्दा रिजाल पुनः परेकी हुन् । मन्त्रिपरिषद्ले सिफारिस गरे पनि सरकारले संसदीय सुनुवाइका लागि पठाउँदा उनको नाम सूचीबाट हटाएपछि उनीविरुद्ध सिकायत रहेको खुलेको हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत