शोभा अर्याल, काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाको पहिचानको रुपमा रहेको चाकुको विषयलाई केन्द्रित रहेर वृत्तचित्र बन्ने भएको छ ।
टोखा परम्परागत चाकु समाजले चाकुलाई विश्व बजारमा पुर्याउन पहल गर्दै आएको छ । सोही क्रममा चाकुलाई वृत्तचित्रमार्फत विश्व बजारसम्म प्रचार प्रसार गर्ने उदेश्य राखेर वृत्रचित्र बनाउन लागेको हो । नेपाली, अंग्रेजी र नेपाल भाषामा टोखा चाकु नामक वृत्तचित्रको निर्माण हुने छ ।
स्वास्थ्य तथा संख्या मन्त्री प्रदिप पौडेलको प्रमुख आतिथ्यमा टोखा नगरपालिकाका प्रमुखप्रकाश अधिकारी, उपप्रमुख मुरारी तामाङ, वडा नं १ अध्यक्ष रमेशकुमार लामिछाने, वडा ३ अध्यक्ष रमेश डंगोल, वडा ४ अध्यक्ष धर्मेन्द्र श्रेष्ठ,वडा ६ का वडा अध्यक्ष शान्ता खनाल, छत्रकोट गाउँपालिकाका पुर्व अध्यक्ष एवम् टोखा नेवा गुठीका अध्यक्ष रमेश नापित, टोखा संस्कृति संररक्षित क्षेत्र बिकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठ ,टोखा मुल नायके हेमराज श्रेष्ठ, लाईन्स क्लव ३२५ डि ईन्द्रसरोवर एमजिफ सुनलि श्रेष्ठ, लाईन्स क्लव अफ टोखाका अध्यक्ष सानुबावु श्रेष्ठ, टोखाको पहिलो वृत्तचित्र निर्देशक सानुकाजी थापाको उपस्थितिमा वृत्तचित्र निमार्ण सम्झौता भएको छ ।
सो अवसरमा टोखाको परम्परागत चाकु समाजका अध्यक्ष कृष्णबहादुर श्रेष्ठ र बालकुमारी मुभिज हाउसका निर्देशक सानुकाजी थापाबीच हस्ताक्षर गरेका थिए ।
तारकेश्वर नगरपालिका वडा नं. १, तत्कालीन साङ्ला गाविस निवासी सानुकाजी थापाले २०५९ सालदेखि वृत्तचित्र निर्माण गर्दै आएका छन् । दुई दशक भिडियो पत्रकारीता बिताएका थापाले थुप्रै अन्तर्राष्ट्रिय पुरस्कार विजेता डकुमेन्ट्रीहरुमा काम गरिसकेका छन् ।
उनले ध्रुब बस्नेत तथा मोहन मैनालीले निर्माण तथा निर्देशन गरेका रातो मछिन्द्रनाथ, लभ फर अ लंगर लाइफ, रक्ताम्य गहराहरु, बरू मर्न पाएको भएजाती, जोगिमाराका ज्यूउदाहरू लगायतका अन्तर्राष्ट्रिय स्तरको वृत्तचित्रमा काम गरिसकेका छन् ।
थापाले २०६० मा सालमा आफ्नै निर्देशनमा बनेको बिष्केट जात्रा अफ टोखा नेपाल पर्यटन बोर्डले आयोजना गरेको एसियन वृत्तचित्र प्रतियोगिता प्रथम पुरस्कार पाएका थिए । साथै सोही वृत्तचित्रले गोपिकृष्ण फिल्म फेस्टिबलमा दर्शक अवार्ड प्राप्त गरेको थियो ।
२०६१ सालमा झोर, झरना र पर्यटन नामक वृत्तचित्र निर्माण गरि साविक झोर मंहाकाल गाविस हाल टोखा नपा १ लाई चिनाउने कामसमेत गरेका छन् ।
उनले बनाएको,बालुवमा अड्केको शासले २०६४ सालमा भारतमा सम्पन्न जिविकोपार्जन सम्बन्धि वृत्तचित्र महोत्सवमा तेस्रो स्थान हारेको थियो । यसैगरी नुवाकोटको वलामी जातिमा हुने बाल विवाहलाई समेटेर द चाईल्ड म्यारिज अफ कागति गाउँ २०७९, झोरमा रहेको जलेश्वर झरना वृत्तचित्र निर्माण गरि पिम नेपाल फिल्म फेस्टिबलमा उत्कृष्ट वृत्तचित्रको अवार्ड जित्न सफल भएका थिए ।
उक्त कार्यक्रममा स्वागत संस्थाका उपाध्यक्ष बुद्ध श्रेष्ठले गरेका थिए भने टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसी, उपप्रमुख मुरारी तामाङ लगायतले टोखालाई चाकुको शहरको रुपमा बेग्लै पचिान दिलाउन सक्नुपर्नेमा जोड दिए ।
सो अवसरमा स्वास्थ्यमन्त्री थापालाई सम्मान गरिएको थियो भने चाकुको संरक्षकहरू काशिलाल श्रेष्ठ, कृष्णालाल श्रेष्ठ, न्हुछे नारायण श्रेष्ठ, भाईलाल श्रेष्ठलाई नगर प्रमुख प्रकाश अधिकारीले दौसल्ला ओढाएका थिए । कार्यक्रमको संचालन संस्थाका महासचिव रामराज श्रेष्ठले गरेका थिए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ