मङ्लबार, माघ २९, २०८१

युवतीको कुन साइजका स्तन पुरुषका लागि आकर्षक हुन्छन् ?


कान्तिपथ


काठमाडौं। स्तन मानिस (स्त्री तथा पुरुष) को शरीरको मध्य माथिल्लो भागमा देब्रे तथा दाहिने तर्फे हुने मांसपेशी युक्त अङ्ग हो । युवा अवस्थामा एस्ट्रोजेन (estrogen), (स्त्री मदजन), हारमोन र मदचक्र (estrons cycle) को कारण स्त्रीहरूमा यसको अधिक विकास भई पुरुषको भन्दा ठूलो हुन जान्छ ।

स्तन मुख्यरूपमा बोसोयुक्त तन्तुले बनेको हुन्छ । यिनिहरूको आकार समयसंगै बदलिन पनि सक्छ। यस्तो विभिन्न कारणहरू जस्तै सबैभन्दा प्रत्यक्ष रूपमा जब एउटा केटी यौवन अवस्थामा पुग्छिन् उनको शारीरिक अंगमा विकास हुन्छ ।

महिलाको शरीरको संरचना अनुसार स्तनको आकार फरक फरक हुन्छ । स्तनको आकार पुरुषको तुलनामा महिलाको ठुलो हुने, तौलमा धेरै गह्रौं हुने र बच्चालाई स्तनपान गराउन दुध उत्पादन गर्ने गर्छ । विशेषत: बच्चालाई दुध उत्पादनका रुपमा लिइएको स्तनलाई यति बेला यौन आकर्षणदेखि महिलाको सौन्दर्यसँग पनि लिन थालिएको छ ।

महिलाको शरीरको सबैभन्दा आकर्षक अंग पनि स्तनलाई मानिन्छ । महिलाको स्तन कति प्रकारका हुन्छन् ? हरेक महिलाले आफ्नो स्तन बढी फुलोस् भन्ने चाहन्छन्, जहाँ पुरुषहरू पनि स्तनको ठूलो आकार देखेर महिलातर्फ आकर्षित हुन्छन्।

स्तन सानो वा ठूलो हुनु नारीको शारीरिक विकासमा निर्भर हुन्छ। स्तन भनेको तन्तुहरू मिलेर बनेको एउटा ग्रन्थि हो, जसलाई चिकित्सकहरू ग्लान्ड भन्छन्। हार्मोनका कारण व्यक्तिपिच्छे स्तनको आकार घटबढ हुन्छ। हार्मोन बढ्दा स्तनको आकार ठूलो हुने र घट्दा सानो हुने हुन्छ।

धेरै महिलाहरूले महसुस गरेका छन् कि उनीहरूको स्तन अन्य महिलाहरूको जस्तो देखिँदैन । स्तनको आकार बाहेक, स्तनको प्रकारले पनि स्तनको आकार निर्धारण गर्दछ । यसर्थ हरेक महिलाहरु आफ्नो स्तनका विषयमा बढी चनाखो हुन्छन् ।

प्राय:सबै पुरुषको युवतीलाई झट्ट हेर्दा स्तनमा आँखा जाने गर्दछ । एक अमेरिकी विश्वविद्यालयको अध्ययनअनुसार ७१ प्रतिशत पुरुष महिलाको स्तनमा पहिलो नजर लगाउँछन्। हजारौं पुरुषबीच गरिएको उक्त सर्वेक्षणमा सहभागीहरूले खुलेरै स्तन सौन्दर्यको प्रशंसा गरेका थिए।

उक्त अनुसन्धान अध्ययन भन्छ: ‘विश्वभरका अधिकांश पुरुष महिलाको स्तनप्रति आकषिर्त हुन्छन्, महिलाका विभिन्न आकारका स्तनको दृश्य हेर्न पाउँदा पुरुषहरू खुसी हुन्छन्। खासगरी ठूला वा मध्यमस्तरका कसिला स्तन पुरुषको प्राथमिकतामा पर्छन्।

पुष्ट स्तनको माथिल्लो भाग र ‘क्लिभेज’ देखाउने ट्रेन्ड पनि उत्तिकै प्रयोगमा छ। यसमा विदेशका मात्र होइन, स्वदेशका सेलिब्रेटीहरू पनि कम छैनन्। उनीहरुले प्ल्याष्टिक सर्जरीको माध्यमबाट स्तनको आकारलाई अझ आकर्षित बनाएका छन् ।

बजारमा स्तन बढाउने उपाय भनेर उपचारका थुप्रै विधिसम्बन्धी विज्ञापन पनि आइरहेका हुन्छन्। स्तन सानो भएकालाई ठूलो बनाउन वा ठूलो भएकाहरूलाई सानो बनाउन आयुर्वेदिक तथा नन आयुर्वेदिक औषधीको प्रचार हुनुले पनि यो क्षेत्रको व्यवसाय फराकिलो हुँदै गएको प्रस्ट हुन्छ।

स्तन के हो ?
महिलाको जीवन बालिका, किशोरी, युवती हुँदै वृद्धावस्थासम्म चरणबद्ध रूपमा परिवर्तन हुँदै जान्छ। यसबीच प्रजनन उमेर (१५ देखि ४५ वर्ष) मा प्रत्येक महिना इस्ट्रोजेन र प्रोजेस्टेरोन नामक हर्मोनका कारण महिलाका भित्री प्रजनन अंग (पाठेघर, डिम्बाशय, डिम्बवाहिनी नली) का साथै सहायक यौनांग स्तनमा परिवर्तन आउँछ।

त्यसो त १० देखि १५ वर्षसम्ममा बाल्यावस्थाबाट किशोरी अवस्थामा परिणत हुन्छ। किशोरी अवस्थामा पुग्ने क्रममा चार वटा मुख्य परिवर्तन आउँछन्। यस क्रममा शारीरिक परिवर्तन आउने, यौनांग तथा काखीमा रौँ पलाउने तथा महिनावारी सुरु हुनेजस्तै स्तन बढ्ने पनि एक हो।

यौवनावस्थामा हुने शारीरिक परिवर्तनमा उचाइ एवं तौल बढ्छ, अनुहार चिप्लो हुन्छ, डन्डीफोर आउँछ, काखीमुनि र जनेन्द्रियवरिपरि रौँ उम्रिन्छन्। योनि स्राव बढ्न थाल्छ। प्रत्येक महिना रजस्वला हुन थाल्छ। अन्य व्यक्तिलाई पनि महसुस हुने गरी स्तन बढ्न थाल्छ। स्तन वृद्धि तथा काखी एवं यौनांगवरिपरि रौँ पलाउने कार्यलाई चार चरणमा वर्गीकृत गरिन्छ। किशोरी अवस्थामा स्तनमा हुने यी परिवर्तन व्यक्तिपिच्छे फरक–फरक समयमा हुन सक्छ।

किशोरीको १६ वर्ष पुगेपछि यौनांग राम्ररी विकसित नहुनु, यौनांगवरिपरि र काखीमा रौँ भइसकेपछि महिनावारी सुरु नहुनुलाई राम्रो मानिँदैन। १४ वर्षको उमेरसम्म महिनावारी सुरु नहुनुलाई राम्रो नमानिएजस्तै १६ वर्षको उमेरसम्म पनि स्तनको विकास नहुनु राम्रो लक्षण होइन। कतिपय अवस्थामा किशोरी विशेषको जन्मजात समस्यासँग पनि गाँसिएको हुन सक्छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत