काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले चेक अनादरको कसुरमा मुद्दा दायर गर्दा आम्दानीको स्रोत खुलाउनु पर्ने कानुनी व्यवस्थाको प्रस्ताव गरेकी छन् ।
‘बैंकिङ कसुर तथा सजाय ऐन २०६४ लाई संशोधन गर्न बनेको विधेयक’मा यस्तो व्यवस्था थप गर्नुपर्ने उनको प्रस्ताव छ ।
चेक अनादरको कसुरमा मुद्दा दायर गर्दा ‘कारोबार स्थापित गर्ने कागज, आम्दानीको स्रोत खुलाउने कागज र अन्य आवश्यक कागज’ पेश गर्नुपर्ने प्रस्ताव गरेकी हुन् ।
प्रस्तावित विधेयकको दफा ८ मा चेक अनादरको कसुरमा सम्बन्धित जिल्ला अदालतमा मुद्दा दायर गर्न सकिने व्यवस्था छ ।चेक अनादर गरेको प्रमाणित भएको मितिले तीन महिनाभित्र जाहेरी दिन सकिनेछ र त्यसरी जाहेरी परेको मितिले ३ महिनाभित्र सम्बन्धित जिल्ला अदालत समक्ष मुद्दा दायर गरिसक्नु पर्ने हुन्छ ।
रास्वपाकै सांसद सोविता गौतम, नेकपा एमालेका सांसदहरु पदम गिरी, दामोदर पौडेल बैरागी, विद्या भट्टराई, इश्वरी घर्ती, दिपा शर्मा, सरिता भुला र सरस्वती सुब्बाले पनि पनि चेक अनादरको जाहेरी दिने समयाअवधि तीन महिना नभएर एक वर्ष राख्नुपर्ने प्रस्ताव गरेका छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ