शुक्रबार, अशोज ४, २०८१
  • गृहपृष्‍ठ
  • समाज
  • ५९ सहसचिवको सरुवा, हेर्नुहोस् को कहाँ (मन्त्रिपरिषदका निर्णयसहित)

५९ सहसचिवको सरुवा, हेर्नुहोस् को कहाँ (मन्त्रिपरिषदका निर्णयसहित)


कान्तिपथ


काठमाडाैं । सरकारले ५९ जना सह-सचिवहरुको सरुवा गरेको छ ।

हिजाे बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ५९ जना सह-सचिवहरुको जिम्मेवारी हेरफेर गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले सरकारका निर्णय सार्बजनिक गर्दै सहसचिवहरुको सरुवा गरेको बताएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव चण्डीप्रसाद घिमिरे र राष्ट्रिय योजना आयोगका सहसचिव यमलाल भुसाल, कृष्णकुमारी क्षेष्ठ, सुमन दाहाल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका छन् । त्यहाँका अर्जुन भण्डारी, चक्र बुढा, कमल भट्टराईलाई बाहिर निकालिएको छ ।

यस्तै मदन दाहाल, यमुना प्रधान, गोपीकृष्ण कोइराला, महेश भट्टराईलाई अर्थ मन्त्रालय ल्याइएको छ भने अर्थ र अन्तर्गतका टंक पाण्डे, रितेश शाक्य, डुण्डी निरौला, नारायण सापकोटालाई अन्यत्र सरुवा गरिएको छ ।

परराष्ट्र मन्त्रालयको दरबन्दीमा रहेका नारायण भट्ट र नवराज ढुंगानाको पनि सरुवा गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६३ जनाको सूची पठाएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत