काठमाडाैं । महान्यायाधिवक्ता रमेश बडालले चेक अनादरको कसुरलाई दुनियाँवादी फौजदारी मुद्दाको रुपमा लिनुपर्ने बताएका छन्।
आज प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८० माथि छलफलमा बोल्दै महान्यायाधिवक्ता बडालले यस्तो धारणा राखेका हुन ।
उनले सरकारले बैङ्किङ कसुर तथा सजाय ऐनमा चेक अनादरको कसुरलाई दुनियाँवादी फौजदारी वा सरकारवादी मुद्दामध्ये दुनियाँवादी फौजदारी मुद्दाको रुपमा लैजान आवश्यक रहेको बताए। उनले बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८० मा चेक अनादर लगायत काम विषयमा स्पष्ट बनाउन आवश्यक रहेको बताए ।
उनले बैंकको चेक अनादरको विषय दुनियाँवादी फौजदारी मुद्दाको रुपमा छाड्ने वा अभियोग पत्रको माध्यमबाट जाने विषयमा सरकार दुनियाँवादी मुद्दाको रुपमा यसलाई राख्न उपयुक्त हुने पक्षमा रहेको बताए।
उनले बैङ्किङ कसुर तथा सजाय ९दोस्रो संशोधन० विधेयक २०८० मात्रै सहकारीलाई नेपाल राष्ट्र बैंकले नियमन विषय राखेर केही नहुने बताए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ