मङ्लबार, भदौ २५, २०८१

हवल्दारविरुद्ध जबर्जस्ती करणी मुद्दा

प्रहरी बिटभित्रै बालिकाको बलात्कार


कान्तिपथ


काठमाडौ। जनताको सुरक्षामा अहोरात्र खटिने प्रहरी रक्षक नै भक्षक भएपछि कसको के लाग्छ र ? यस्तै घटनामा मुछिएका प्रहरी हवल्दार जेल चलान भएका छन् ।

भक्तपुर कमलविनायक बिटमा कार्यरत हवल्दार नवराज श्रेष्ठले बालिका बलात्कार गरेको अभियोगमा जेल चलान भएका हुन् ।

उनले गत २९ असारमा एक नाबालिगलाई प्रहरी बिटभित्रै बलात्कार गरेको अभियोग छ ।

गत २५ साउनमा भक्तपुर जिल्ला अदालतले श्रेष्ठलाई जेल चलानको आदेश दिएको छ ।

प्रहरीका अनुसार ती नाबालिग र एक युवक रातको समयमा कलमपोखरी छेउमा गफ गरिरहेका थिए । त्यही क्रममा हवल्दार श्रेष्ठ समेतले उनीहरुलाई पक्राउ गरे ।

केटालाई छाडेकोमा केटीलाई त्यही राखेर उनले राती बलात्कार गरेको उजुरी परेको थियो ।

सोही आधारमा भोलिपल्टै प्रहरीले उनलाई पक्राउ गरी मुद्दा दायर गरेको हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत