काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वर्तमान सरकार भ्रष्टाचारीहरुलाई जोगाउन र भ्रष्टाचारको निम्ति ठाउँ बनाउन बनेको आरोप लगाएका छन्।
शनिबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको नवौं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले भने ‘हामी बेदाग भएर सरकारबाट निस्किएका छौँ। अहिले सरकार बनाउनेहरुको बारेमा आम चर्चा छँदैछ। हामीले भन्नु पनि पर्दैन। भ्रष्टाचारीहरुलाई जोगाउन र भ्रष्टाचारको निम्ति ठाउँ बनाउनको निम्ति यो सरकार बनेको छ भनेर आम चर्चा छ।’
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ