मङ्लबार, भदौ २५, २०८१

तेस्रो लिङ्गीको आतंक बढ्दै


कान्तिपथ


पछिल्लो समय झापामा तेस्रो लिङ्गीको नाममा आतङ्क बढ्दै गएको छ ।

उनीहरूले मागे जति रकम दिनुपर्ने, नदिए धम्की दिने, गाली गर्ने, अश्लील शब्द प्रयोग गर्ने, शरीरका सम्वेदनशील अंग देखाउने लगायतका कार्यले स्थानीय आतङ्कित बन्दै गएका छन् ।

तेस्रो लिङ्गी आउँदा भाग्नुपर्ने अवस्था आएको सर्वसाधारणहरू बताउँछन् ।

शुक्रबारको साँझ बिर्तामोड ३ सैनिकमोडस्थित विराट बहुउद्देश्यीय सहकारी संस्थामा उनीहरूले जबर्जस्ती रकम असुल्ने उद्देश्यले त्यहाँ पुगेर तेस्रो लिङ्गी ५ हजार सहयोग मागेकोमा आफूहरूले त्यति दिन नसक्ने बताएपछि सहकारी कर्मचारी लाई अपशब्द प्रयोग गरी उनीहरूले अश्लील हर्कत देखाएको सहकारीका प्रबन्धक रुद्र सिटौलाले बताए ।

सम्झाइ बुझाई गर्दा पनि अन्ततः नटेरेपछि प्रहरी बोलाएर उनीहरूलाई हटाउनु परेको सिटौलाले जानकारी दिए ।

विराट सहकारीसहित अन्य ठाउँमा पनि उनीहरूले थर्काउँदै सहयोग मागेको स्थानीयले गुनासो पोखेका छन् ।

बिर्तामोडमा केही महिनादेखि तेस्रो लिङ्गीको नाममा पसल-पसल र घर-घरमा गएर चन्दा माग्ने क्रम बढेको छ । त्यस विषयमा पीडितहरूले प्रहरीलाई जानकारी गराएका छन् ।

यद्यपि उनीहरूलाई रोक्न सकिएको छैन । केही दिनअघि एक जना तेस्रो लिङ्गीलाई पक्राउ गर्दा उनीहरूले प्रहरी कार्यालय घेराउ गरेको बताइएको छ ।

बिर्तामोडमा नेपाल र भारतका गरी करिब सय जनाले तेस्रो लिङ्गीको नाममा सहयोग सङ्कलन गरिरहेको बताईएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत