हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ लाई आगामी शनिबार बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ ।
विभिन्न सूचक पूरा गरेसँगै उक्त वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो ।
‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराको साथ वडालाई बालमैत्री वडा घोषणा गरिएको छ।
बालमैत्री स्थानीय शासन वडा घोषणा गर्नका लागि पूरा गर्नुपर्ने ५१ वटा सुुचकमध्ये ४६ वटा सुचकहरु पूर्ण रुपमा, १ वटा सुचक ९८ प्रतिशत, १ वटा सुचक ८५ प्रतिशत, १ वटा सुचक ९५ प्रतिशत, १ वटा सुचक ९९ प्रतिशत र १ वटा सुचक ९९.७३ प्रतिशतसम्म हासिल गरिएको छ ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा भएको हो ।
वडाभित्र १ हजार ८ सय ९८ जना बालबालिका रहेकोमा वडालाई निकृष्ट बालश्रममुक्त, बाल विवाहमुक्त तथ बालमैत्री स्थानीय शासनयुक्त बनाउन सफल भएको अध्यक्ष गौतमले बताए ।
बालबालिकाको सुन्दर भविष्य निर्माणमा घरपरिवारको साथै वडाको ठूलो जिम्मेवारी र दायित्व हुने भन्दै उनले बालबालिकाको क्षेत्रमा लगानी गर्न आवश्यक रहेको बताए । उनले बालमैत्री घोषणा भइसकेपछि यसलाई दिगोपनाका लागि वडाले नीति बनाएको बताए।
स्थानीय सामुदायिक एवम् संस्थागत विद्यालयका विद्यार्थीहरु, विभिन्न टोलविकास संस्थाका सदस्यहरु, विभिन्न संघ–संस्थाको प्रतिनिधिहरुको सहभागितामा वडा कार्यालयको प्राङ्गणबाट प्रभातफेरीसहित वडा कार्यालय परिक्रमा गरिएको थियो ।
उक्त कार्यक्रममा व्यवसायी राज तिमिल्सिनाले १०२ वटा टिसर्ट संस्थालाई हस्तान्तरण गरेका छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ