शुक्रबार, अशोज ४, २०८१
  • गृहपृष्‍ठ
  • समाज
  • पूर्व डिआइजी रमेश खरेलविरुद्ध अख्तियारमा उजुरी (भिडियाेसहित)

पूर्व डिआइजी रमेश खरेलविरुद्ध अख्तियारमा उजुरी (भिडियाेसहित)


कान्तिपथ


काठमाडौँ । नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ ।

खरेलविरुद्ध आज सामाजिक अभियन्ता युवराज सफलले उजुरी दर्ता गरेका हुन् ।

अभियन्ता सफलले पूर्व डीआइजी खरेलले ‘सुराकी वापत कमिसन खाएँ’ भन्ने अभिव्यक्ति दिएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको समेत जनाएका छन् ।

खरेलले विभिन्न जिल्लामा हुँदा आफ्नी श्रीमतीलाई नक्कली सुराकी खडा गरी हाकाहाकी लाखौ रुपैयाँ रकम कमिसन लिएको कुरा बताएको सफलको दाबी छ ।

हेर्नुस् भिडियाे

https://www.facebook.com/100047469281539/videos/1134826057241909/

https://www.facebook.com/ktvganesh/videos/1134826057241909

कानुनले वास्तविक सुराकीकर्तालाई सुराकी गरेवापत निश्चित रकम प्रोत्साहनस्वरुप दिने व्यवस्था गरे पनि खरेलले आफ्नी श्रीमतीलाई नक्कली सुराकी खडा गरेर रकम लिएको आरोप सफलले लगाएका छन् ।

सही सुराकीलाई नदिइकन नक्कली सुराकी खडा गरी सुराकी रकम लिनदिने कार्य पनि भ्रष्टाचारजन्य कार्यमा पर्ने हुँदा खरेललाई तत्काल पक्राउ गरी निजलाई भ्रष्टाचार ऐन बमोजिम कडा कारबाही गर्न समेत सफलले माग गरेका छन् ।

साथै सफलले विभिन्न समयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बरामद गरेको ३५ किलो सुन लगायत अहिलेसम्म जफत भएको सुन प्रकरणमा समेत प्रहरीका उच्च अधिकारीले नक्कली सुराकी खडा गरी प्रहरीकै आफन्तको नाममा करोडौँ रुपैयाँ सुराकी कमिसन दिएको उजुरीमा उल्लेख छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत