शनिबार, भदौ २२, २०८१
  • गृहपृष्‍ठ
  • अपराध
  • मेयर साह र उपमेयर डंगोलको भिडियो बनाउने मेडिकल व्यवसायी पक्राउ

मेयर साह र उपमेयर डंगोलको भिडियो बनाउने मेडिकल व्यवसायी पक्राउ


कान्तिपथ


काठमाडाैँ । केहि दिनदेखि काठमाडौंका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोलको एउटा भिडियो भाइरल भइरहेको छ ।

उक्त भिडियोमा मेयर साहले उपमेयर डंगोललाई चुम्बन गरेको देखिएको छ । उक्त भिडियो ५ सेकेन्ड रहेकाे छ । र,याे भिडियाे वास्तविक नभएर फेक भएको कुरा सबैलाई जानकारी नै छ ।

उक्त भिडियोविरुद्ध उपमेयर डंगालले साइबरमा उजुरीसमेत दिएकी थिइन् । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरेर उक्त फेक भिडियो बनाउने ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको साइबर ब्यूरोले जिल्ला बाजुराका २२ वर्षीय रमेशबहादुर रावतलाई पक्राउ गरेको हो ।

पेशाले मेडिकल व्यवसायी भएका रावतले अन्य व्यक्तिको पनि फेक भिडियो बनाउने गरेका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत