गिनिज वर्ल्ड रेकर्ड्सको बारेमा त तपाईंले सुन्नु भएकै होला । यस रेकर्डमा ती व्यक्तिहरूको नाम दर्ता हुन्छ, जसले कुनै अनौठो काम गर्छन् ।
जुन पहिले कहिल्यै कसैले गरेको थिएन । वा तिनको नाम दर्ता हुन्छ, जसले अरूले बनाएको रेकर्ड तोड्छन् ।
तर, के तपाईंले कहिल्यै सोच्नुभएको छ कि गिनिज वर्ल्ड रेकर्ड्समा जसको नाम दर्ता हुन्छ, उनीहरूले बदलामा के पाउँछन् ? मतलब एक रेकर्ड होल्डरलाई रेकर्ड कायम गरेबापत कति पैसा मिल्छ ?
तपाईंलाई यो थाहा पाउँदा अचम्म लाग्न सक्छ कि गिनिज वर्ल्ड रेकर्ड्सले कसैलाई पनि रेकर्ड बनाएको बदलामा पैसा दिँदैन । बरु रेकर्ड बनाउनका लागि आवेदकले नै पैसा दिनुपर्छ । जसबाट गिनीज वर्ल्ड रेकर्ड इभेन्ट आयोजना हुन्छ ।
गिनीज वर्ल्ड रेकर्डका अनुसार नयाँ रेकर्ड टाइटलका लागि ६ डलर प्लस भ्याट प्रशासन शुल्कको रूपमा दिनुपर्छ । यो शुल्क नन–रिफन्डेबल हुन्छ र नयाँ रेकर्ड टाइटलका लागि तपाईंको आवेदन तब मात्र स्वीकार हुन्छ जब गिनीजको डेटाबेसमा त्यो रेकर्ड हुनेछैन ।
गिनिज वर्ल्ड रेकर्ड्स एक प्राइभेट कम्पनी हो । जुन क्यानडाको जिम प्याटिसन ग्रुपको हिस्सा हो । यस कम्पनीका ग्लोबल प्रेसिडेन्ट एलिस्टेयर रिचर्ड्स हुन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ