शनिबार, भदौ २२, २०८१

पुनरावेदन

सर्वोच्च अदालतमा पुग्यो अख्तियार


कान्तिपथ


६ जनालाई विशेष अदालतद्वारा सफाइ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ जनाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झुट्टा नापी किताब, ठेक्का बिल र कार्य सम्पन्न प्रतिवेदन तयार गरेको भनी प्रतिवादीहरू दीपक बहादुर बुढाथोकी, ललन मण्डल, दिपेश महतारा, मान बहादुर रावत, वीर बहादुर बुढा र ज्ञान बहादुर शाही रहेको भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो ।

पर्यटन कार्यालय बाँकेका तत्कालीन कार्यकारी निर्देशक दीपक बहादुर बुढाथोकी, तत्कालीन सव-इन्जिनियर ललन कुमार मण्डल र खप्तड क्षेत्र पर्यटन विकास समितिका तत्कालीन सव-इन्जिनियर दिपेश महताराले बाजुराको खप्तड लसके खानेपानी योजना निर्माण कार्यको फिल्डमा कामभन्दा बढी परिमाण देखाएर झुट्टा नापी किताब, ठेक्का बिल र कार्य सम्पन्न प्रतिवेदन तयार गरेको आयोगले जनाएको छ ।

यस्तै मापदण्ड विपरीत भएको निर्माणलाई शर्त तथा मापदण्डबमोजिम भएको हो भनी सिफारिस गरेको, उक्त झुट्टा नापी किताब, ठेक्का बिल तथा कार्य सम्पन्न प्रतिवेदन लगायतका कागजातहरू स्वीकृत गरी १ लाख ५६ हजार ५ सय ५३ रुपैयाँ भ्रष्टाचार गरेको पाइएको छ ।

खप्तड लसके खानेपानी योजनाको उपभोक्ता समितिका अध्यक्ष मान बहादुर रावत र सचिव वीर बहादुर बुढाले योजनाको निर्माण कार्यमा खप्तड क्षेत्र पर्यटन विकास समिति,डोटीसँग भएको सम्झौताको शर्त पालना नगरी वास्तविक रुपमा फिल्डमा नभएको कार्यलाई समेत नापी किताबमा चढाउन लगाई गैरकानूनी लाभ १ लाख ५६ हजार ५ सय ५३ रुपैयाँ भ्रष्टाचार गरेको आयोगले जनाएको छ ।

बुढाथोकी,मण्डल र महताराको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९१० को खण्ड (ग) र खण्ड (ङ) को कसुर देखिँदा निजहरू उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९१० बमोजिम उपदफा ९२० बमोजिमको कसुर भएकोले बुढाथोकी, मण्डल र महतारालाई ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कैद र जरिवानाको सजाय हुने भएको छ ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) को कसुरमा ऐनको दफा ८ को उपदफा (४) बमोजिम बिगो एक लाख ५६ हजार ५ सय ५३ रुपैयाँ कायम गरी सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी बिगोसमेत जफत हुने जनाइएको छ ।

विशेष अदालतबाट उनीहरुले सफाइ पाएपछि अख्तियार सर्वोच्च पुगेको हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत