शनिबार, भदौ २२, २०८१

विमानमा बम


कान्तिपथ


नयाँ दिल्ली । बिहीबार मुम्बईबाट उडेको एयर इन्डियाको विमानमा बम राखिएको धम्की प्राप्त भएको छ ।

विमान मुम्बईबाट तिरुवनन्तपुरम जाँदै थियो । धम्की पाएलगत्तै विमानलाई तिरुवनन्तपुरम अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरियो ।

जहाज विमानस्थलको नजिक पुग्नै लाग्दा बिहान ७ः ३० बजेतिर विमानमा बम राखिएको धम्की प्राप्त भएको थियो । जानकारी पाएलगत्तै विमानस्थलमा पूर्ण आपतकाल लगाइएको थियो । विमानस्थलसँग सम्बन्धित स्रोतका अनुसार बिहान करिब ८ बजे विमान अवतरण गरिएको थियो । १३५ यात्रुहरू सवार सो विमानलाई आइसोलेसन वे मा लगेर राखियो ।

बिहान ८ः४४ बजेभित्र एआई ६५७ बाट यात्रुहरूलाई सकुशल बाहिर निकालिसकेको थियो । तिरुवनन्तपुरम विमानस्थलमा जहाज अवतरण भएपछि मात्रै पाइलटले यात्रीहरूलाई बमको धम्की आएको भनेर जानकारी दिएका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत