काठमाडौँ । ललितपुरको ग्वार्कोमा रहेको किष्ट अस्पतालमा पाल्पाकी २७ वर्षीय खुशी मगरको निधन भएको विषय सदनमा उठेको छ ।
सत्तारूढ दल नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले प्रतिनिधिसभा बैठकमा बोल्दै मगरको पत्थरीको अप्रेसनको क्रममा उनको निधन भएको र यसको छानबिनका लागि समिति गठन गर्न सकारसँग माग गरे ।
बैठकको आकस्मिक समयमा बोल्दै उनले किष्ट मेडिकल कलेजको गम्भीर लापरवाही रहेको भन्दै परिवारले आन्दोलन गर्दा सुनुवाई नभएको बताए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ