शनिबार, माघ २६, २०८१

भनम कस्लाई खोई


कान्तिपथ


काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। यसै अवसरमा बिभिन्न कलाकारहरुले तीज बिशेष गीत बजारमा ल्याउने होडबाजी चलिरहेको छ।

सोही क्रममा गीतकार रोशन क्षत्रीको तीज बिशेष गीत “भनम कस्लाई खोई” सार्वजनिक भएको छ । यस गीतमा शान्ती श्री परियार र सुनिता सुनारको स्वर रहेको छ भने रोशन क्षत्रीको शब्द, गोपाल सापकोटाको संगीत रहेको छ ।

यस गीतको एरेञ्ज र मिक्सिङ भने रमेश सेञ्चुरीले गरेका हुन् । होम गुरुङको निर्देशन तथा कोरियोग्रफी रहेको गीतमा गणेश सापकोटाको छायांकन, तारानाथ आचार्यको सम्पादन, रोशन धितालको रंग संयोजन रहेको छ ।

उक्त गीतको भिडियोमा कविता न्यौपाने, विकाश थापा, ममता तामाङ, राज कुमार क्षत्रीको अभिनय रहेको छ । यस गीतलाई रोशन म्युजिक युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत