बुधबार, भदौ २६, २०८१
  • गृहपृष्‍ठ
  • अपराध
  • २ जनाविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी मुद्दा दायर

२ जनाविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी मुद्दा दायर


कान्तिपथ


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई जनाविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी मुद्दा दायर गरेको छ ।

अख्तियारले स्याङ्जाको जगत्रदेवी स्वास्थ्य चौकीमा अधिकृत छैटौँ पदमा कार्यरत हिमा डुम्रे न्यौपाने र कपिलवस्तुको यशोधरा गाउँपालिकामा सि.अ.न.मी. निरीक्षक अधिकृत छैटौँ पदमा कार्यरत सरस्वती ओली क्षेत्रीविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

डुम्रे न्यौपानेको एसएलसी तहको शैक्षिक योग्यताको प्रमाण पत्र नक्कली रहेको पाइएको अख्तियारले जनाएको छ।

यस्तै सरस्वतीले पनि एसएलसीकै नक्कली प्रमाणपत्र पेस गरेको पाइएको अख्तियारले जनाएको छ ।

शैक्षिक योग्यताका नक्कली प्रमाणपत्र पेस गरी लाभ एवं सुविधा लिई भ्रष्टाचार गरेको पाइएकाले भ्रष्टाचार निवारण ऐनको दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

श्री जगत्रदेवी स्वास्थ्य चौकी, गल्याङ नगरपालिका, स्याङ्जामा सि.अ.हे.ब. अधिकृत छैठौं पदमा कार्यरत हिमा डुम्रे न्यौपाने उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।

प्रेस विज्ञप्ति:- मिति २०८१।०५।०६ गते।

  • जिल्ला स्याङ्जा, गल्याङ नगरपालिका, नगर कार्यपालिकाको कार्यालय अन्तर्गत श्री जगत्रदेवी स्वास्थ्य चौकीमा कार्यरत सि.अ.हे.व. हिमा डुम्रे न्यौपानेको एस.एल.सी. तहको शैक्षिक योग्यताको प्रमाण-पत्र नक्कली रहेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा श्री जगत्रदेवी स्वास्थ्य चौकी, गल्याङ नगरपालिका, स्याङ्जामा सि.अ.हे.ब. अधिकृत छैठौं पदमा कार्यरत हिमा डुम्रे न्यौपानेले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, भारतबाट हाइस्कुल तहको झुट्टा शैक्षिक प्रमाण-पत्र पेश गरी श्री करापु उपस्वास्थ्य चौकी, लमजुङमा ग्रामीण स्वास्थ्य कार्यकर्ता दोस्रो तह, रा.प.अनं. तृतीय (प्राविधिक) श्रेणीमा स्थायी नियुक्त भई श्री जगत्रदेवी स्वास्थ्य चौकी, गल्याङ नगरपालिका, स्याङ्जामा सि.अ.हे.ब. अधिकृत छैठौं पदसम्म कार्यरत रही लाभ लिई भ्रष्टाचार गरेको देखिएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा ऐ. ऐनको दफा १६ को उपदफा (१) बमोजिमको सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। जिल्ला कपिलवस्तु, यशोधरा गाउँपालिकामा सि.अ.न.मी. निरीक्षक (अधिकृत छैठौं) पदमा कार्यरत सरस्वती ओली (वली) क्षेत्री उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
  • प्रेस विज्ञप्ति:- मिति २०८१।०५।०६ गते।
  • जिल्ला कपिलवस्तु, यशोधरा गाउँपालिकामा कार्यरत मा.सि.का. पदबाट नियुक्ति लिई कार्यरत रहेका हाल सि.अ.न.मी. पदमा स्तर बृद्धि भएका कर्मचारीले शैक्षिक योग्यताको प्रमाण-पत्र नक्कली पेश गरी हालसम्म जागिर गरिरहेकोले शैक्षिक योग्यताको प्रमाण-पत्र छानविन हुन भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला कपिलवस्तु, यशोधरा गाउँपालिकामा सि.अ.न.मी. निरीक्षक (अधिकृत छैठौं) पदमा कार्यरत सरस्वती ओली (वली) क्षेत्रीले अ.न.मी. विषय लिई प्राविधिक एस.एल.सी. परीक्षा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र पोखराबाट उत्तीर्ण गर्दा, रजिष्टर्ड अ.न.मी. नेपाल नर्सिङ्ग काउन्सिलको दर्ता प्रमाण-पत्र लिँदा, नेपाल स्वास्थ्य सेवाको सहायक पाँचौ तहमा स्तर बृद्धि हुँदा र नेपाल स्वास्थ्य सेवाको अधिकृत छैठौं तहमा स्तर बृद्धि भई सि.अ.न.मी. निरीक्षक पदनाम पाउन माध्यमिक शिक्षा परिषद्‍, उत्तर प्रदेशबाट हाईस्कूल परीक्षा पास गरेको भनी शैक्षिक योग्यताका नक्कली/झुट्टा प्रमाण-पत्र पेश गरी लाभ एवं सुविधा लिई प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) मा परिभाषित कसुर गरेको पुष्टि हुन आएकाले निज सरस्वती ओली (वली) क्षेत्रीलाई सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।


सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत