मङ्लबार, माघ २९, २०८१

१ हजार ४२० किलोग्राम गाँजासहित २ जना पक्राउ


कान्तिपथ


सुनसरी । धरान उपमहानगरपालिका-१३ साराङगस्थित सडकबाट अवैध लागूऔषध गाँजा १ हजार ४ सय २० किलोग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मोरङ सुन्दरहरैचा नगरपालिका-७ गछिया बस्ने ३४ वर्षीय राज कुमार दाहाल र धनकुटा सहिदभुमी गाउँपालिका-७ बस्ने ४१ वर्षीय भुपेन्द्र राई रहेका छन् ।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको को.१ ख ४७३३ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ४४ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी ट्रकमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।

यस बिषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत