आइतवार, भदौ २३, २०८१
  • गृहपृष्‍ठ
  • अपराध
  • फार्मेसीबाट प्रतिबन्धित औषधिको कारोबार, एक सञ्चालकसहित २ जना पक्राउ

फार्मेसीबाट प्रतिबन्धित औषधिको कारोबार, एक सञ्चालकसहित २ जना पक्राउ


कान्तिपथ


काठमाडाैं । फार्मेसीबाट लागु औषधको कारोबार गरेको आरोपमा एक सञ्चालकसहित २ जना पक्राउ परेका छन् ।

पोखरा ९ नयाँ बजारबाट शंकास्पद अवस्थामा धादिङका २७ वर्षीय विजय पोखरेललाई खानतलासी गर्दा उनको साथबाट टापेन्टाडोल हाइड्रोक्लोरिड क्याप्सुल १सय २० चक्की बरामद हाे।

उनीसँग सोधपुछ गर्दा फार्मेसीबाट खरिद गरेको बयान दिएपछि नयाँ बजारमा रहेको विभुति फार्मेसीमा समेत सोही ट्याबलेट भेटिएकोले सञ्चालक ४८ वर्षका केदार अधिकारीलाई पनि पक्राउ गरिएको छ । फार्मेसीबाट ९० चक्की सोही लागू पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।

अधिकारीलाई ९ दिन र पोखरेललाई १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरी प्रवक्ता डीएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत