दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम पड्काएर भाग्न खोज्ने २ जना पक्राउ परेका छन्।
चर्को आवाजमा बम पड्किएको र पड्काएर भाग्न खोज्ने दुईजना पक्राउ परेको प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी दिए।
‘मोटरसाइकलमा आएका दुईजनामध्ये एकजनाले बम फालेर भाग्दै गर्दा पक्राउ परेका छन्। यस विषयमा आवश्यक अनुसन्धान भइरहेको छ’, सुवेदीले भने।
प्रहरीका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१५ का प्लस टु पढिसकेका अभियान थापा र सोही क्याम्पसमा अध्ययनरत सुदन कार्की रहेका छन् । प्रहरीका अनुसार पक्राउ परेका दुवै जनाले रमाइलोका लागि पटका पड्काएको बताएका छन्।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ