काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै छ ।
आज बिहान ११ बजेका लागि बोलाइएको बैठक सिंहदरबार स्थित समितिको कार्यकक्षमा बस्नेछ ।
बैठकमा चाडपर्व लक्षित गरी अत्यावश्यक दैनिक खाद्य वस्तुहरूको सहज र सरल आपूर्ति व्यवस्थापनबारे विभिन्न उपभोक्ता हितका क्षेत्रमा कार्यरत सङ्घसंस्थाका प्रतिनिधिहरूसँग छलफल गर्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ