काठमाडौं। कतार एयरलाइन्सको उडानबाट काठमाडौं आएका एक विदेशी नागरिकबाट करिब २ केजी लागुऔषध कोकिन बराम भएको छ।
आइभोरी कोष्टका नागरिक भमरा कोनको साथबाट कोकिन बरामद भएको हो।
प्रहरी लागुऔषध व्यूरोको टोलीले ठमेलबाट कोकिनसहित उनलाई पक्राउ गरेको हो। बरामद कोकिनको बजार मूल्य ४ करोड बराबरको रहेको प्रहरीले जनाएको छ।
गत भदौ ३ गते कतार एयरलाइन्सको उडानद्वारा नेपाल आएका उनलाई कोकिनका ६९ वटा क्याप्सुलसहित जिल्ला राजधानीको ठमेल ज्याठास्थित एक होटेलबाट पक्राउ गरिएको हो।
अभियुक्तले उक्त क्याप्सुलहरू नाइजेरियाबाट निलेर ईथोपियाबाट दोहा हुँदै काठमाडौँ ल्याएका थिए। उनलाई लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको ब्युरोले जनाएको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ