मङ्लबार, माघ २९, २०८१
  • गृहपृष्‍ठ
  • अपराध
  • गैरकानुनी रूपमा बस्दै आएका ४०७ जना विदेशी नेपालबाट निष्कासित

गैरकानुनी रूपमा बस्दै आएका ४०७ जना विदेशी नेपालबाट निष्कासित


कान्तिपथ


काठमाडौँ । नेपाल सरकारले एक वर्षको अवधिमा ४०७ जना विदेशी नागरिक निष्कासित भएका छन् ।

वि.सं. ०८० साउनदेखि ०८१ असार मसान्तसम्मको अवधिमा अध्यागमन विभागले चार सय बढी विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको जनाएकाे हो ।

नेपालमा आएर विभिन्न अपराध गरी जेल सजाय भुक्तान गरेका, भिसा अवधि सकिएर पनि गैरकानुनी रूपमा बस्दै आएका, एउटा प्रयोजनमा भित्रिएर अरु नै गतिविधिमा संलग्न रहेकालाई कसुरको मात्रा हेरी २ वर्षदेखि १० वर्षसम्म पुनः नेपाल आउन नपाउने गरी निष्कासन गरिएको विभागले जनाएको छ ।

निष्कासनमा पर्नेमा सबैभन्दा बढी चिनियाँ नागरिक छन् ।

विभागका अनुसार १ वर्षमा निष्कासित ४ सय ७ मध्ये १ सय ७६ जना चिनियाँ छन् । यो कूल निष्कासनको करिव ४४ प्रतिशत हो । नेपालमा अध्यागमन कानुन उल्लंघन गर्नेमा सबैभन्दा बढी चिनियाँ नागरिक रहेको अध्यागमन विभागले जनाएको छ ।

अध्यागमन कानून उल्लंघनसहित लागूऔषध, यौन बन्यजन्तुको अवैध ओसारपसार, विद्युतीय अपराध, ठगी, गैरकानुनी रूपमा धर्मप्रचारप्रसार, यौन दुराचारलगायत गतिविधिमा विदेशी नागरिकको संलग्नता देखिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत